नेकपा मकवानपुरको कार्यलयमा तालाबन्दी

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मकवानपुरको हेटौँडा ५ मा रहेको पार्टी कार्यलयमा आज तालाबन्दी भएको छ ।

नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वार राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेशकुमार बर्तौला, नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, पार्टीका जिल्ला नेताहरु, जनसंगठनका नेताहरुको सहभागितामा आज तालाबन्दी गरिएको हो ।

पार्टी कार्यलयको संम्पती सुरक्षा र अदालतमा यो विषयले प्रवेश गरेको भन्दै छिनोफानो नभइन्जेलको लागि सुरक्षा आवश्यक रहेको भन्दै आफुहरुले तालाबन्दी गरेको केन्द्रीय सदस्य रानाले बताए ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले भन्नुभयो – बर्तौलाले भर्खरै जिम्मेवारी पाउनु भएका नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका अध्यक्ष कमरेड एकलाल श्रेष्ठ सहित हामी आज बिहान १० बजे पार्टी कार्यालय पुग्यौं । कार्यालयको मुल ढोकामा ताला लगाइएको थियो । चाबि खोजियो। पत्ता लाग्यो । पार्टीको नियमित काम गर्न कार्यालय खोलिदिन अनुरोध गरियो । निकैबेर कुर्यौ पनि।तर ताला लागाउने कमरेडहरु सम्पर्क मै आउनु भएन । तत पश्चात् पार्टी कार्यालयमा कुनै अवाञ्छित गतिविधि हुन नपाओस र पार्टीका हजारौं कार्यकर्ताहरुको मिहिनेत,परिश्रम,लगानी र पसिनाबाट निर्माण भएको पार्टी कार्यालय लगायत सम्पत्तिको पुर्ण सुरक्षा होस् भन्ने उदेश्यले सुरक्षा ताला लगाइएको अबगत गराउदछौ ।पार्टीका सम्पुर्ण सम्पत्तिको रक्षा गर्नु हाम्रो प्रमुख दायित्व हो।यो दायित्व पुरा गर्ने कुरामा हामी कहि कतै अलिकति पनि च्युत हुने छैनौं भन्ने कुरा पार्टीका आम पङ्तिमा बिश्वास समेत दिलाउदछौ भन्नुभयो ।

यस्तै तालाबन्दी कार्यक्रममा बोल्दै नेकपा मकवानपुरका अध्यक्ष श्रेष्ठले पार्टी कार्यलय हजारौ नेकपाको रगतपसिनाबाट बनेको भन्दै कार्यलयको सुरक्षा आफुहरुको प्राथकिमकतामा परेको बताए ।

केपी शर्मा ओली नेतृत्वको नेकपानै आधिकारिक नेकपा भएको भन्दै चोइटिएर गएकाहरुलाई गर्दईमा रहेको कार्यलय प्रयोग गर्न समेत उनले आग्रह गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*