हेटौंडाको होटल सामनामा एक ब्यक्ति मृत अवस्थामा फेला

हेटौंडा । हेटौंडा–४ मा रहेको होटल सामनामा सोमबार विहान एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
ओखलढुङ्गा स्थाई घर भई हाल भक्तपुरको वालकोट बस्ने बर्ष ६० का लेखजङ्ग धोज केसी सोमबार होटलमा मृत फेला परेका हुन् । पुस १२ गतेदेखि सामाना होटल बस्दै आएका केसी महालेखा नियन्त्रक कार्यालयका अवकाश प्राप्त सचिव रहेका मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनी हेटौंडा सिमेन्ट उद्योगको अडिटको कार्यको लागि मकवानपुर आएका थिए ।
केसी सहित अन्य ३ जना २ वटा कोठामा बस्दै आएका थिए । बेलुका अल्कोहलको सेवन गरेरसंगै सुतेका केसी विहान मृत भेटिएको उनीसंगै बस्ने साथीले बताएको प्रहरीले जानकारी दियो ।
शवको प्रकृति हेर्दा प्राकृतिक मृत्यु भएको देखिने प्रहरीले बताएको छ । उनको परिवारमा खबर गरिएको र परिवारको आगमन पस्चात लासको पोर्टमाटम गरिने मकवानपुर प्रहरीले जानकारी दिएको छ ।