निर्वाचनपछि पनि आफू नै सत्तामा आउने प्रधानमन्त्री ओलीको दावी

पुस २८,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनपछि पनि आफू नै सत्तामा आउने दावी गरेका छन् । भारतीय न्यूज च्यानल ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दावी गरे ।

आफ्नो पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा पनि ठुलो दलका रुपमा आफ्नै पार्टी स्थापित हुने र आफूले नै नयाँ सरकारको नेतृत्व गर्ने ओलीको दावी थियो ।

नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्रयास गरिरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*