५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला 

२९ पुस, काठमाडौं । सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ । गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ ।

अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ । मंसिर महिनामा मात्र २० जना विदेशीलाई निकाला गरिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सामान्यतयाः भिसा अवधि सकिएपछि पनि कतिपय विदेशी नेपालमा अनाधिकृत रुपमा बस्ने गर्छन् । उनीहरुलाई सरकारले जरिवानासहितका शुल्क छुट दिई देश निकाला गर्ने गर्छ । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाट निर्णय गरी विदेशी नागरिकलाई देश निकाला गर्ने गरिन्छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*