विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य बाँस्तोलासहित ४ जना पक्राउ

२९ पुस,काठमाडौँ– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहित चार जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरको नेतृत्वमा रहेको विशेष टोलीले उनीहरुलाई ललितपुरको गिम्दीबाट पक्राउ गरेको हो । ललितपुर र नेपाल प्रहरीको विशेष ब्यूरोको विशेष कारबाहीमा उनीहरुलाई पक्राउ गरिएको हो,’ खबरहबसँग कुराकानी गर्दै प्रहरी उच्च स्रोतले पक्राउको पुष्टि गरेको हो ।

ललितपुरको दक्षिणी भेगको गिम्दी (ललितपुर र मकवानपुर जोड्ने) क्षेत्रबाट बाँस्तोलासहित चार नेता पक्राउ परेको स्रोतले जानकारी दिएको हो । स्रोतका अनुसार नेता बाँस्तोलासहित विवेक कुमाल, प्रकाश शाही र विश्वाश भनिने सरोज रखाललाई प्रहरीले पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*