महान्यायाधिवक्ता खरेलले राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना पेश गरे

माघ ९, काठमाडौँ– महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना संवैधानिक इजलासमा पेश गरेका छन् ।

बिहीबार संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना आज पेश गर्नू भनेको थियो।शुक्रवार संवैधानिक इजलासमा सुनुवाइ सुरू भए लगत्तै खरेलले राजपत्र बुझाएका हुन् । राजपत्र पेश गर्दै महान्यायाधिवक्ता खरेलले इजलासमा उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए ।

खरेलले यसो भन्दै गर्दा न्यायाधीश अनिलकुमार सिन्हाले ‘उठ्दै नउठेको प्रश्नको जवाफ किन दिनुपर्‍यो रु’ भनेर प्रतिप्रश्न गरेका थिए ।न्यायाधीश सिन्हाले प्रश्न उठेपछि आफूले पीएलाई वेबसाइटमा भएरनभएको हेर्न लगाएको बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा छैटौँ दिनको सुनुवाइ सुरू भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा माघ ४ गते आइतवारदेखि अन्तिम सुनुवाइ चलिरहेको छ । छैटौं दिनको सुनुवाइको सुरूमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बहस गरिरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*