विशेषाधिकारको माग गर्दै नेपाली सेनामा महिला सैनिक

माघ ९, काठमाडौं । नेपाली सेनामा पछिल्लो समय महिला सहभागिता बढ्दै गएको देखिन्छ ।

प्राविधिकतर्फ ०१७ सालमै महिलाको सहभागिता सुरु भएको थियो । तर, साधारणतर्फ ०६० बाटमात्र महिलाले प्रवेश पाएका हुन् । १६ वर्षे छोटो इतिहास भए पनि सेनामा महिला सहभागिता उल्लेखनीय रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । उनका अनुसार तल्लो तहदेखि माथिल्लो स्तरसम्म महिला सहभागिता बढेको छ ।

साधारण, विविध सेवा नियमावलीले निर्देशित गरेका र प्राविधिक गरी सबै फिल्डमा महिलाहरु छन् । अर्थात् बम डिस्पोज गर्नेदेखि डाक्टर, पाइलट, इन्जिनियर तथा लास बोक्ने काममा समेत महिलाको सहभागिता छ । कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ । नेपाली समाजमा महिलाले मलामी जानु हुँदैन भन्ने रुढीवादी परम्परा छ भने शव बोक्ने त धेरै परको कुरा भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*