सत्तापक्षले फकाउने आशंकामा प्रदेश सभा सदस्यहरुलाई बनाइयो बन्धक

माघ ९, हेटौंडा– वाग्मती प्रदेशको प्रचण्ड समूहको नेकपाले केहि प्रदेश सभा सदस्यहरुलाई हेटौंडा स्थित एक होटलमा बन्धक झैं राखेको बुझिएको छ ।

यसअघिका हरेक बैठक तथा अधिवेशनका लागि हेटौंडा आउने प्रदेश सभा सदस्यहरु आआफ्नो व्यवस्थापनमा बस्ने गरेको भएपनि यो पटक प्रचण्ड समूहकी नेतृ अष्टलक्ष्मी शाक्य सहित अधिकांश प्रदेश सभा सदस्यहरु हेटौंडाको हेटौंडा रिसोर्टमा राखिएको स्रोतले जनायो । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड समूहले कतिपय प्रदेश सभा सदस्यलाई सम्पर्क विहीनको अवस्थामा राखेको गोप्य स्रोतले जनाएको छ ।

अलग्गै प्रयोजनका लागि लिइएको दस्तखतलाई प्रयोग गरेर अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड समूह नेकपा एक हुनुपर्छ भन्ने धारणा राख्ने आफ्नै पक्षका नरमपंक्तिसँग बढी सशंङ्कित देखिन्छ । पार्टी फुटिनसकेको अवस्थामा फरक समूहको भन्दै आफ्नौ पार्टीका मुख्यमन्त्री विरुद्ध निर्मम हुनुनहुने धरणा राख्ने केहि प्रदेश सभा सदस्यहरुलाई विभिन्न बाहनामा बन्धकझैँ राखिएको गोप्य स्रोतले जनाएको छ ।

आज १ वजे बस्ने प्रदेश सभा बैठक अघि उनीहरुको सम्पर्क टुटाइएको स्रोतले बतायो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*