हेटौंडामा बिहानै शंकास्पद वस्तु भेटियो

माघ १०, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर २ मनोकामनाचोक नजिकै बमजस्तै शंकास्पद वस्तु भेटिएको छ ।

शनिबार बिहान स्थानीयले बमजस्तै शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ ।

चोक नजिकै बमजस्तै शंकास्पद वस्तु देखेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यलय मकवानपुका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बमजस्तै शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*