उत्तराखण्डको मुख्यमन्त्री १९ वर्षीया किशोरीलाई बनाइयो

११ माघ, काठमाडौं । हामीले हिन्दी फिल्म नायकमा अनिल कपुर एक दिनको मुख्यमन्त्री बनेको देखेका थियौं । तर भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी साँच्चिकै एक दिनको मुख्यमन्त्री बन्दैछिन् ।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*