सरकारले ३ सय ३४ सांसदलाई ल्यापटप बाँड्ने

२०७६, जेठ २८ । सरकारले संघीय सांसदका ३ सय ३४ जना सदस्यलाई ल्यापटप बाँड्ने भएको छ । सांसदलाई पेपरलेस बनाउने भन्दै प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ सांसदलाई ल्यापटप बाढ्न लागिएको हो । संघीय संसद सचिवादयले गत जेठ १९ गते सांसदलाई ल्यापटप उपलब्त्र गराउन बोलपत्र आह्वान गरेको थियो । १ महिनाको समयावधि राखेर ल्यापटप खरिदको बोलपत्र जारी भएको हो । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार पेपर, प्रिन्ट र फोटोकपीका लागि सचिवालयको ठूलो रकम खर्च हुने गरेको छ । चिवालयलाई पेपर लेस बनाउन यो अभियान शुरु गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*