हेटौँडाका मासु पसलहरु आजबाट सञ्चालनमा

हेटौँडा । मुल्य समायोजन गर्दा प्रशासनले कडाई गरेको भन्दै आफ्नो ब्यवसायनै बन्द गरेर आन्दोलनमा उत्रीएका हेटौँडाका माछामासु ब्यवसायीहरुले आजबाट आफ्नो ब्यवसाय सञ्चालन गरेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भोली असार २६ गतेको लागि वार्ताको लागि आग्रह गरेपछि ब्यवसायीहरुले आजबाट ब्यवसाय सुचारु गरेका हुन् । भोलीको वार्ता सफल हुने विश्वासमा आजबाट ब्यवसाय सञ्चालन गरेको हेटौँडा मासु ब्यवसायी संघका अध्यक्ष सुर्य अधिकारीले बताए । आज ब्यवसाय खुल्ला गरेसँगै पुरानै मुल्यमा खसीको मासु विक्रि वितरण हुने उनको भनाई रहेको छ । मासु ब्यवसाय बन्द हुँदा माछामासुको परिकार विक्रि हुने हेटौँडाका होटललाई समेत समस्या परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*