कुलेखानीबाट मासिक ६० करोड आम्दानी हुदै

हेटौँडा । नेपाल विद्युत प्राधिकरणको पावर ब्याकपको रुपमा रहेको कुलेखानी जल विद्युत आयोजनाले यो वर्ष नेपाललाई राम्रो आम्दानी समेत दिएको छ । विजुलीको बजार मुल्य अनुसार आयोजनाले महिनाको ६० करोड रुपैँया आम्दानी दिएको छ ।

असारको अन्तिम साता कुलखानी जलाशय भरिएपछि नियमित विद्युत उत्पादन गरिरहेको आयोजनाबाट वर्षातको मौसममा मात्र २० लाख युनिट विद्युत उत्पादन भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलृ बताए ।

नेपालको उर्जा ब्याकपको रुपमा रहेको आयोजना अहिले पूर्ण क्षमतामा चल्दै आएको छ । जसबाट नेपालको विद्युत निर्यात हुँदै आएको छ । नेपालले गत वर्ष यो समयमा विद्युत आयत गर्ने गरेको थियो तर यो वर्ष भने यसै समयमा निर्यात गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*