स्वास्थ्यका लागि आबस्यक भिटामीन र खनिजका श्रोतहरु ।

एजेन्सी – कपर दिमागका लागि एकदमै जरुरी हुन्छ । हामीले च्याउ, केराउको गेडामा कपर पाइन्छ। दिमागको तागत बढाउन आइरन पनि जरुरी छ । यो हामी बदाम, दाल, हरियो सब्जी र गेडागुडीबाट प्राप्त गर्न सक्छौ‍। क्याल्सिसमले दिमागलाई तन्दुस्त राख्छः क्याल्सियम, अन्डा दुध दालमा पाइन्छ । म्यागनेसियमले दिमागलाई शक्तिशाली बनाउछ । यो हरियो सब्जी, अन्डा, सोयबिन र दुधमा पाइन्छ।फ्लोराइडले दिमागको सोच्ने र स्मरण गर्ने क्षमता बढाउँछ ।

फलोराईड सोयबिन, पानी, चिया कफी लगायतमा पाइन्छ । सेलेनियमको सेवनले दिमागलाई ताजा बनाउँछ । यसको आपूर्ती दुध, पनिर दही, हरियो तरिकारीको नियमति सेबनबाट गर्न सकिन्छ। केरा र सुन्तालामा पोटासियमा प्रचुर हुने भएकोले यसको नियमति सेवनले दिमाग तेज हुन्छ। जिंकको कमि हामीले अन्न, गेडागुडी दालबाट पूर्ति गर्न सक्छौं।

भिटामिन बी दिमागलाई अति जरुर हुन्छ । अंकुर निस्केका गेडागुडी, हरियो सब्जी र बदामबाट प्राप्त गर्न सकिन्छ।भिटामिन बी २ दुध, पनिर, हरियो तरकारी र टमाटर तथा खुुर्सानीबाट प्राप्त गर्न सकिन्छ। गेडागुडी, सुकेको अनाज, आलु फलफूलमा भिटामिन बी ६ हुन्छ जसले हाम्रो दिमाग स्वस्थ बनाउछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*