प्रदेश नंबर ३ को राजधानीको विषय चाँडै टुंगो लाग्ने

हेटौँडा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी अब केहि समयमानै टुंगो लाग्ने दाबी गरेका छन् । प्रदेशको राजाधानीको विषय ढिला भएको भन्दै प्रदेशसभा बैठकमा कुरा उठेपछि आज प्रदेशसभा बैठकलाई संवोधन गर्दै मुख्यमन्त्री पौडेलले अब प्रदेशको राजधानीको विषयमा कुरै नउठने वातावरण बनाउने दाबी गरे ।

हिजो मात्र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनीयाले प्रदेशसभामा दुई वर्षसम्म प्रदेशको राजधानी तोक्न नसक्नु लज्जाको विषय भएको बताएका थिए । उनले प्रदेश सरकारले गाउँदेखि सहरसम्मको विकासलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

उनले बाढीपहिरोबाट पीडित सर्वसाधारण, क्षति पुगेका सडक र सार्वजनिक सम्पत्तिको पुननिर्माणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बाढी पहिरोका कारण प्क्षती पुगेका सडक ममर्तका लागि सरकारले १३ करोड रुपैयाँ छुट्याएको मुख्यमन्त्री पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*