नारायणी मलमा खुल्यो ब्राण्डेड ईन्टरनेशनल फेसन “आर्किड्स ग्लोबल”

हेटौंडा १२ आश्विन । ब्राण्डेड इन्टरनेशनल फेशनको कपडा अब हेटौँडामा नै पाईने भएको छ । ब्राण्डेड ईन्टरनेशनल फेसनका कपडा विक्री गर्दै आईरहेको आर्किड्स ग्लोबल प्रालिको २९ औं शाखा हेटौंडामा सञ्चालन भएसँगै यो सम्भव भएको हो । हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतले आज एक कार्यक्रमका बीच हेटौँडामा उद्घाटन गरेका थिए ।

नेपालको विभिन्न मुख्य शहरहरुमा शाखा रहेको र प्रदेश ३ को राजधानीमा यसको शाखा सञ्चालन गरिएको कम्पनीका प्रवन्धक निर्देशक मुकेश कुमार शाहले बताए । कम्पनीमा बालबच्चा सहित लेडिज एण्ड जेन्सका सबै प्रकार कपडा पाइने शाहले बताए ।

दशैंको अवसर पारेर विभिन्न ब्राण्डका कपडाहरु विक्रीका लागि ल्याइएको छ । नारायणी महलको भूईतलामा सञ्चालनमा आएको आर्किडस ग्लोबलमा ब्राण्डेड Gini & Jony, Mufti, Imara, Wrong, Camla, Redtape, 109 Fusion Beats, Longhorn, Rookies, Spykar, Pepe jeans London,United colors of benetton, Sin dnm colors, Deal, Madame ब्राण्डका कपडाहरु पाइने प्रवन्धक निर्देशक शाहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*