यात्रुबाहक बसको ढोका थुनेर पाँच जनाद्वारा युवतीमाथि सामूहिक बलात्कार

चार जना पक्राउ

असोज १३ गते बेलुका धरानबाट को१ख ४६२७ नम्बरको यात्रुबाहक बस छुट्यो। यात्रुबाहक बसको अन्तिम सिटमा एक युवती थिइन्। विराटनगरतर्फ छुटेको बसले इटहरी तथा त्यसपूर्व जाने यात्रुहरू बोकेको थियो।

इटहरी आएपछि चोकमा यात्रु उतार्‍यो। धरान घर भएकी युवती बेलबारी आफन्तको घर हिँडेकी थिइन्। बस विराटनगर हिँडेको हुनाले त्यहीँ ओर्लिन खोजिन्।

अन्तिम सिटमा रहेकी बसेकी ती २२ वर्षीया किशोरीलाई भने बसका कर्मचारीले ओर्लिन दिएनन्।

ढोकामा बसका कन्डक्टर सुमन मग्राती, आशिक कार्की र पुराना कन्डक्टर नितेश घिमिरेले रोके। ढोका बन्द गरे।

उनलाई ओर्लिन दिएनन्। उनीहरूले युवतीलाई बोल्न दिएनन्। धम्क्याए। चालक विकास कसाईले गाडी तीब्र गतिमा हुइँक्याए।

सुनसरी इटहरी उपमहानगरपालिका-१० स्थित उक्त पेट्रोल पम्मभन्दा केही पर रोके। मदिरा सेवन गराए र सामूहिक करणी गरे। प्रहरीका अनुसार त्यतिबेला साढे राति ९ बजिसकेको थियो। करणीपछि ‘कसैलाई भने मारिदिन्छौं’ भनी युवतीलाई छोडिदिए। बलात्कारीको पन्जाबाट छुटेपछि युवती रुँदै पेट्रोल पम्पबाट उत्तरतर्फ लागिन्। रातको समय, बस रिक्सा खासै थिएनन् सडकमा। संयोग, त्यहीबेला सडकमा प्रहरीको मोबाइल गस्ती भेन दक्षिणतर्फ दौडिरहेको थियो। उनले भेनलाई रोक्न इसारा गरिन्। आफूमाथि घटना सुनाइन्। घटनाको प्रारम्भिक जानकारी भेनका प्रहरी घटनास्थलतर्फ हिँडे। प्रहरी टोलीले उल्लेखित चारै जनालाई राति नै पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुन्दर हरैंचा नगरपालिका-१२ का चालक विकास कसाई, झापा सुरुङ्गा नगरपालिका-४ का सुरज थापा, सिरहा लहान नगरपालिका-४ का सुरेन्द्र भुलेज, बेलबारी नगरपालिका(७ का आशिष कार्की छन्। उनीहरूलाई घटना भएको केही समयमै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

मग्राती, बेलबारी नगरपालिकाका नितेश घिमिरे फरार भएको भण्डारीले बताए। युवतीलाई कसाई, घिमिरेसमेत पाँच जनाले सामूहिक करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। जबरजस्ती करणी हुँदा आशिष कार्कीले सहयोग गरेको खुलेको भण्डारीले बताए।

सेतोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*