धार्मिम व्यक्तित्वको रुपमा परिचित हेटौँडाका आत्रेयको निधन

हेटौंडा, १८ कात्तिक । धार्मिम व्यक्तित्वको रुपमा परिचित बासुदेब आत्रेयको निधन भएको छ । लामो समयदेखि मधुमेह रोगले पीडित आत्रेयको ६५ वर्ष उमेरमा आइतबार निधन भएको हो ।

हेटौँडा–२ हरिकुञ्ज रोडस्थित बस्ने आत्रेय विश्व हिन्दु महासंघ, श्री वैष्णव परिषर नेपाल, सनातन धर्मसेवा समिति, अखण्ड हरिकृतन मन्दिर लगायत थुप्रै संस्थाहरुमा आवद्ध रहेका थिए । उनले थुप्रै धार्मिक लेख, कविता तथा भजनहरु लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*