जिसस मकवानपुरका प्रमुख खुलालद्वार हेटौँडा–९ प्रगती टोलको बाटो शिलान्यास

मकवानपुर, २० कात्तिक । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ का प्रगती टोल–२ को १५६ मिटर लम्बाई र ४ मिटर चौडाई बाटो आज शिलान्यास गरिएको छ । उक्त बाटो जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले शिलान्यास गरेका हुन् ।

सो बाटोको शिलान्यास गर्दै कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका खुलालले नगर क्षेत्रको विकासका लागि जनता र स्थानीय तहबीच सहकार्य गर्दा विकास छिटोछरितो रुपमा अगाडी बढ्ने बताए ।

कार्यक्रममा हेटौँडा–९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, वडा सदस्य सुकराम केसी, लक्ष्मी नेपाली, बाटो निर्माण उपभोक्ता समितिको अध्यक्ष भक्तबहादुर बास्तोला, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडा, पत्रकारहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।

सो बाटोमा हेटौँडा उपमहानगरपालिकाबाट ७ लाख रुपैयाँ बजेट छुट्याएको थियो । उक्त नगरभित्रको आर्थिक वर्षको पहिलो योजना हेटौँडा ९ कार्यथालनी गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*