जनप्रिय माविमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम

हेटौडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजना जिल्ला प्रहरी कार्यालयको समन्वयमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा रहेको जनप्रिय माविमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम भएको छ ।

कार्यक्रममा ३ न. प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले महिला हिंसा नियन्त्रण, दुव्र्यसनको नकारात्मक असर, साईक्रम क्राईम लगायतका विषयमा कक्षा ९ र १० का करिव १५० जना विद्यार्थीहरुलाई अवगत गराएका थिए । विद्यार्थीलाई समाजमा हुने जुनसुकै अपराधको बारेमा समुदाय र प्रहरीलाई अवगत गराउन समेत आग्रह गरिएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १६ नम्बरका वडाध्यक्ष रामकृष्ण कोईराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाई, विद्यालयका प्रधानाध्यापक नवराज अर्याल, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङका अध्यक्ष शालिकराम पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका निवर्तमान अध्यक्ष कुमार पौडेल, सचिव रमिला सापकोटा, समाजसेवी,अभिभावक लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*