गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध बिच्छेद

काठमाण्डौ । रामकृष्ण ढकाल र उनकी श्रीमती निलमबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाण्डुमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो ।

ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।
’उनी हरुको सम्वन्ध विच्छेद भएको छ,’ जिल्ला अदालत काठमाण्डुका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको हो ।

रामकृष्ण र निलमको डेढदशक अघि प्रेम विवाह भएको थियो । उनीहरुको एक छोरी छिन् । पाश्र्वगायनमा स्थापित गायक मानिने रामकृष्ण पछिल्लो समय स्वदेश एवं विदेशमा स्टेज गायनमा सक्रिय छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*