प्यारामोटर निर्माण गर्ने प्रजालाई ५० हजार सहयोग

हेटौँडा । प्यारामोटर निर्माण गरिरहेका सरोज प्रजालाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नगद सहयोग उपलब्ध गराएको छ । सोमबार नेपाली कांग्रेस संसदीय दलले प्यारामोटर निर्माण गरिरहेका चितवन राप्ती नगरपालिका–२,गड्यौलीका सरोजप्रजालाई नगद ५० हजार रुपैया सहयोग गरेको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानिया तथा उपनेता कृष्णलाल भडेलले संसदीय दलको कार्यालयमा उक्त नगद सहयोग हस्तान्तरण गरेका थिए । यसअघि एकसिटे प्यारामोटर निर्माण गरेको प्रजाले अहिले दुई सिटे प्यारामोटर निर्माण गरिरहेका छन् ।उक्त मोटर निर्माण गर्नका लागि २५ लाख रुपैया लाग्ने उनले बताए । उनका अनुसार उक्त मोटर एकहजार मिटर माथि र प्रतिघण्टा ६० किलोमिटरको गतिमा उड्नेछ । उनले यसअघि २०७४ साल चैत १ मा एक सिटे प्यारामोटरको सफल परीक्षण गरेका थिए ।

उनले फागुन महिनाभित्रमा अहिले निर्माणधिन अवस्थामा रहेको प्यारामोटरको परीक्षण सम्पन्न गरिसक्ने लक्ष्य लिएको बताए । उनले प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रमअन्तर्गत् सहयोग गर्ने वचन दिएको भएपनि हालसम्म सहयोग रकम उपलब्ध नगराएकोभन्दै दुःख व्यक्त गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*