फुयाल बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त , आजै सपथ ग्रहण

हेटौंडा । बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाललाई नियुक्त गरिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाण्डौ जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित फुयाललाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा नियुक्त गर्नुभएको हो । फुयाललाई मन्त्री वनाउने टुङ्गो हिजोनै लागेको थियो । पार्टीका केन्द्र र प्रदेशका नेताहरुसंगको लामो परामर्षपछी उहाँलाई प्रदेशको सवैभन्दा ठुलो मन्त्रालय मुख्यमन्त्री पौडेलले जिम्मा लगाउन लाग्नुभएको हो ।

प्रदेश सरकार गठन भएको दुईवषको बार्षिक कार्यक्रम सकिएपछी आज दिउसो सकिए लगतै फुयालको सपथ ग्रहण गरिने मुख्यमन्त्री कार्यालय श्रोतले जानकारी दिइएको छ । तर, यसलाई आधिकारीक रुपमा बाहिर भने ल्याइएको छैन । दोस्रो बार्षिक उत्सवको कार्यक्रम भएकाले धेरैलाई फुयाल मन्त्री वन्ने आधिकारीक जानकारी बाहिर भने ल्याइएको छैन । उहाँलाई आजै दिउसो प्रदेश प्रमुखको कार्यालय सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्री कार्यालयले जानरकारी दिएको छ ।

यसअघि संविधानसभाका सदस्य समेत रहनुभएका फुयाल लामो राजनीतिक यात्रापछी पहिलोपटक मन्त्री वन्न लाग्नुभएको हो । तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री केसव स्थापीतलाई मुख्यमन्त्री पौडेलले वर्खास्थ गरेपछी रिक्त रहेको मन्त्रालयको काम आफैले समाल्दै आउनुभएको थियो । अहिले त्यही मन्त्रालयमा फुयाललाई नियुक्त गर्नुभएको हो । स्थापीत फेरी त्यही मन्त्रालयमा मन्त्री वन्नका लागि दौडधुप गरेपनि उहाँले नपाउने पहिलेनै निस्चित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*