बागमती प्रदेशको दोस्रो बार्षिक उत्सवको अवसरमा हेटौंडामा भव्य कार्यक्रम

हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा आज हेटौंडामा भव्य कार्यक्रम गरेको छ । बार्षिक उत्सवका अवसरमा विभीन्न कार्यक्रमगरी मनाइएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुईवर्षको विचमा धेरै खालका महत्वपूर्ण काम गरेको वताउनुभयो । प्रदेश सरकारले परिवर्तन संभव छ भन्नेकुरा देखाएको वताउनुभयो । साग विजेता खेलाडीको सम्मान गर्दै उहाँले खेल क्षेत्रका कारण देश विदेशमा नेपाललाई चिनाएकोमा प्रसंसा समेत व्यक्त गर्नुयो ।

कार्यक्रममा प्रदेश प्रमुख विष्णु प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, सचिवहरु, प्रदेश सांसदहरु, कार्यालयका प्रमुखहरु, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो । प्रदेश सरकारले दुईवर्षको अवधिमा गरेका कामलाई समेटेर स्मारीका समेत विमोचन गरिएको थियो ।

प्रदेशको मन्त्रिपरिषद्को वैठकले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा उत्कृष्ट कर्मचारी देखि हेलीकोप्टर निर्माण गर्ने चेपाङ सम्मलाई पुरस्कृत गरेको छ । प्रदेशका उत्कृष्ट कर्मचारीका रुपमा १५ जनालाई पुरस्कृत गरेको छ ।

आफ्नै पौरखबाट हेलीकोप्टर वनाएर उढाउन सफल चितवनका सरोज चेपाङलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ । प्रदेशले उत्कृष्ट नगरपालिका, उत्कृष्ट गाउँपालिका, मकवानपुर गढीको नौमती वाहुनबाजा र उत्कृष्ट पत्रकारको रुपमा पत्रकार रिपेश दाहाललाइ पनि पुरस्कृत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*