राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन

काठमाडौं। राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको रुपन्देहीस्थित निवासमा निधन भएको कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो ।

कांग्रेस रुपन्देहीका नेता समेत रहनुभएका उपाध्याय लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुथ्यो । उहाँले भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो ।

उपाध्याय प्रदेश नं ५ मा कांग्रेसका तर्फबाट अन्य समूहमा राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो । उपाध्यायको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल यही फागुन २१ गते सकिदैँ थियो ।

५० वर्षीय उपाध्यायको श्रीमती, ३ छोरा र २ छोरी छन् । उपाध्यायको शुक्रबार नै अन्तिम सस्कार गर्ने तयारी भइरहेको रज्जाकले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*