हेटौंडाको चुरीयामाई मन्दिर नजिक प्रवेशद्वार निर्माण गरिने

हेटौंडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बाराको सिमानामा रहेको हेटौंडाको चुरीयामाई मन्दिर नजिक प्रवेशद्वार निर्माण गर्ने भएको छ । प्रदेश २ को सिमाना र बागमती प्रदेश छिर्ने प्रमुख नाकामा प्रदेशद्वार निर्माण गरिने भएको हो ।
आउँदो आथिक वर्षको सुरुवातबाट काम सुरु गर्नेगरी धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परिचित चुरीयामाइमा प्रवेशद्वार निर्माण गर्न लागिएको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले वताउनुभयो ।

यस्तै बाराको सिमानामा रहेको हेटौंडाको चुरीयामाई सुरुङ २०७२ सालको भुकम्पले गर्दा असुरक्षित वनेकाले यसको प्रवली करण गर्न बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तयारी गरेको छ ।

यस क्षेत्रलाई धार्मिक र पर्यटन सम्पदा क्षेत्रको रुपमा विकास गर्दै लैजानका लागि सुरुङको प्रवलीकरण गरिने भौतिक पूर्वाधार विकास मन्त्री फुयालले वताउनुभयो । चुरीयामाई सुरुङको यो वर्ष अध्ययन गरेर प्रवलीकरण गरिने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*