आदिवासी जनजाति महासंघ बागमती गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न

मकवानपुर । नेपाल आदिवासी जनजाति महासंघ बागमती गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बागमती गाउँपालिका परिषद्का संयोजक जय बहादुर वाइबाको सभाध्यक्षता तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आथित्यतामा भएको हो ।

बागमती गाउँपालिकाको जनता मावि सभाहलमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले आदिवासी जनजातिको मुद्दा उठिरहेको भन्दै हक अधिकारको कुरा उठाउनको लागि तल्लो तह सम्म पुग्न नसकेको बताउनु भयो । विभिन्न निकायबाट चलखेल नभएकोे भए जनजाति अगाडि पुगिसक्ने बताउनु भयो । उहाँले अधिकार त्यतिकै नपाउने भन्दै यसको लागि सबै एक भएर हक अधिकारको कुरा उठाउनु पर्नेमा जोड दिनु भयो ।

पिछडिएका बर्गहरुलाई अगाडि बढाउन सकेन भने हामीले सोचेको खुसी नेपाली,समृद्ध नेपाल पूरा नहुने उहाँको भनाई थियो । एकले अर्कैलाइ हेप्ने, सहयोग नगर्ने परिपाटी बन्दै गएमा हामिले सोचेको समाजबादको परिकल्पना गर्न नसकिने बताउनु भयो । जनजातीहरु मेहनत, लगनशिल र अध्ययनशिल हुन जरुरी रहेको उहाँको भनाई थियो ।

विशिष्टि अथिति समेत रहनु भएका नेपाल तामाङ घेदुङ प्रदेश ३ का अध्यक्ष लिलाकुमार घलानले नेपाल ४ जात ३६ बर्णको फुलवारि नभई तोरि वारि भएको बताउनु भयो । फुलबारीका फुलहरुलाई अधिकार नदिएको प्रति दुखषो पोख्नु भयो । उहाँले सरकारले पेलेर गएको र सरकारले हेपेको भन्दै जनजाती एक भएर लाग्नुको विकल्प नभएको बताउनु भयो । पहिचान नभएमा जनजाती भनेर बस्नु औचित्य नहुने भन्दै पहिचान मेटिदै जाने खतरामा रहेको बताउनु भयो । हामी सबैको पहिचानको मुद्दा भएकोे र अधिकार खोज्नु पर्ने बताउनु भयो ।

बागमती खेलकुद विकास समितिका अध्यक्ष अरुण बलले जातित्वको पहिचान हुन आवश्यक रहेको भन्दै अधिकारको लागि सबै एक हुनु जरुरी रहेको बताउनु भयो । नेतृत्वको कमी भएको भन्दै अधिकार प्राप्तिको लागि सहि नेतृत्वको आवश्यक पर्ने बताउनु भयो । तल्लो तहसम्मको आवाजलाई बुलन्द पार्ने खालका नेतृत्व जन्माउनु पर्नेमा जोड दिनु भयो ।

७ नम्बर वडाका वडा अध्यक्ष डिल्लि प्रसाद घोरासैनीले सबै जात एउटै भएता पनि पहिचान भने सबै जातिले बुझ्न आवश्यक रहेको बताउनु भयो । पराम्परालाई संरक्षण गर्नको लागि पनि पहिचान अवस्यक रहेको बताउनु भयो । सो कार्यक्रममा संघसंस्थाका प्रतिनिधि, विभिन्न पाटिका प्रतिनिधि, शिक्षक, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

जनजाति महासंघ बागमती गाउँपालिकाको अध्यक्षमा वाइबा

नेपाल आदिवासी जनजाति महासंघ बागमती गाउँपालिका समितिको अध्यक्षमा जय बहादुर वाइबा चयन हुनु भएको छ । बागमती गाउँपालिकाको जनता माविमा भएको प्रथम अधिवेशनले वाइबाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा होम बहादुर थापा मगर (नेपाल मगर संघ), द्धितिय उपाध्यक्ष धन्जु माझि (नेपाल माझि उत्थान संघ), किशोर कुमार राई (किरात राई यायोक्खा), सचिव जिवन पहरी (नेपाल पहरी विकास संघ), कोषाध्यक्ष तिर्थ कुमारी श्रेष्ठ(नेवा देव दवु) सहसचिव अमृत कुमार भुजेल(भुजेल समाज सेवा समिति), सहसचिव पम्फा बराम (नेपाल बराम संघ) र लोकेन्द्र सुनुवार( सुनुवार ) चयन हुनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*