लकडाउन उलंघन गर्ने ८३ सवारी साधन नियन्त्रणमा

हेटौंडा । सरकाले कोरोना भाइरसको जोखीम बढ्ने भन्दै लकडाउन गरेको दोस्रो दिनमा पनि अटेर गरेर सवारीका साधन चलाउने धेरैलाई सडकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका छन् ।

मकवानपुरमा लकडाउन उलंघन गर्ने ८३ वटा सवारीका साधनलाई आज बिहान साढे १२ वजे सम्ममा नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौंडा मनहरी, पालुङ लगायतका क्षेत्रबाट सवारीका साधन नियन्त्रणमा लिएको हो ।

लकडाउन उलंघन गरेर हिड्ने १६ जनालाई पक्राउ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो ।
प्रहरीले टाटासुमो, अटो, मयुरी, मोटरसाईकल र स्कुटी नियन्त्रणमा लिएको उहाँले वताउनुभयो । घरबाहिर सडकमा निस्कनेहरुलाई प्रहरीले ३ मिटरको फरकमा प्रहरी कार्यालयभित्र राखेको छ ।

नेपाल सरकारले जारी गरेको लकडाउनलाई अटेर गरि अनावश्यक रूपमा सडकमा हिडनेलाई नियन्त्रणमा लिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*