हेटौंडाका जोशीले कोरोना कोषमा १२ लाख सहयोग गर्ने

हेटौडा । कोरोना भाइरस महामारी विरुद्धको सरकारी कोषमा हेटौडा स्कुल अफ म्यानेजमेन्टका संचालक एवं समाजसेवी पुरणवहादुर जोशीले १२ लाख सहयोग गर्ने घोषणा गरेका छन ।

संघीय सरकारले स्थापना गरेको कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख र जिल्ला समन्वय समिती मकवानपुरले स्थापना गरेको ‘कोरोना आपतकालीन कोषमा’ २ लाख रुपैया गरी १२ लाख रुपैया सहयोग गर्ने घोषणा गरेका हुन ।
संचालक जोशीले मंगलवार नै दुवै कोषको खातामा रकम जम्मा गर्न खोज्दा वैकहरु वन्द भएकाले जम्मा गर्न नपाएको वतँएका छन । वैकहरु खुल्ने वितिक्कै रकम जम्मा गरिदिन्छु उनले भने ।

यसैगरी वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस महामारी विरुद्धको सरकारी कोषमा एक महिनाको तलब वरावरको रकम सहयोग गर्ने घोषणा गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*