चितवनमा मृत्यु भएका युवकमा कोरोनाको संक्रमण नभएको पुष्टि

चितवन – मंगलबार विहान चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवामा कोरोना नभएको पुष्टि भएको छ ।

वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको कोरोना नभई ‘अटो इम्युन डिजिज’ का कारण मृत्यु भएको पुष्टि भएको हो ।

कोरोना विशेष अस्थायी अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार, टेकु प्रयोगशामा ‘थ्रोट स्वाब’ परीक्षण गर्दा यादवमा कोरोना नदेखिएको हो । अस्पताल अनुसार, उनी मिर्गौला, छाला र फोक्सोमा समस्या हुने ’लुपुस’ नामक रोगबाट ग्रसित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*