तीन सय कार्टून प्रशोधित पानी सहयोग

चैत्र २१गते,हेटौंडा । मकवानपुरका पानी व्यवसायीहरुले सुरक्षाकर्मी, कर्मचारीलगायत लकडाउनमा खटिएकाहरुको लागि ३ सय कार्टून प्रशोधिन पानी सहयोग गरेका छन् ।

बागमती प्रदेशको मूख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् उक्त पानी सहयोग गरिएको नेचुरल वेभरेजका संचालक ध्रुव अधिकारीले जानकारी दिनुभयो । व्यवसायीहरुले मुख्यमन्त्री डोरमणि पौडेल र मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई उक्त पानी हस्तान्तरण गर्नुभएको हो ।

अधिकारीको अनुसार मुख्यमन्त्री कार्यालयमा १ सय कार्टून र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २ सय कार्टून पानी आज शुक्रबार उपलब्ध गराइएको हो ।

अमृत जल, माइ चोइस, आक्वा इन्फिनिटी र जस्ट वाटर नामक प्रशोधित पानी सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*