३ करोडको सामाग्री खरिद गर्दै बागमती प्रदेश

२१ चैत्र, हेटौंडा । बागमती प्रदेश सरकारले पनि तीन करोड रुपैयाँको कोरोना कोरोना भाइरस कोभिड–१९ संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री खरिद गर्न लागिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्र हेटौंडाले कोरोना रोकथामका सामाग्री खरिद गर्नका लागि सवै प्रक्रिया अगाडी वढाएर संझौताको चरणमा पुगेको छ । खरिद गरिएका सामाग्री १३ वटै जिल्लाका स्वास्थ्य कार्यालय र प्रदेश मातहतका अस्पतालमा वितरण गरिने स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्र हेटौंडाका प्रमुख वशन्त अधिकारीले जानकारी दिनुभयो ।

केन्द्रले पीपीएका समान, एन ९५ मास्क, ग्लोवस, आइसोलेसन वार्ड स्थापना र आइसीयु सेवा दिनका लागि सामान खरिद गर्नका लागि प्रस्ताव आवहान गरिएको थियो । केन्द्रले यो प्रकोपको समयमा छीटो र छरितो प्रक्रियाबाट सामान खरिद गर्ने काम अगाडी वढाएको हो । संझौता भएको पाँच दिन भित्रमा सामान दाखिला गर्नेगरी काम अगाडी वढाइएको केन्द्र प्रमुख अधिकारीले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*