आजबाट हेटौँडामा कडाइ गरिने मोटरसाईकल,अटो चलाउन रोक

हेटौँडा,जेठ १ । नेपालमा कोरोना संक्रमणको दर बढेपछि मकवानपुरमा पनि लकडाउनलाई आज जेठ १ गतेबाट कडा बनाईने भएको छ । मंगलबार हेटौँडामा भएको कमाण्ड पोष्टको बैठकले जेठ १ गतेबाट ग्यास तथा खाद्यन्न पसलमात्र विहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो । जेठ १ गते बिहानबाटै लकडाउनलाई कडा पारिने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख दिपकराज नेपालले बताए । मंगलबारको बैठकमा भएको निर्णयलाई कडा ढंगबाट कार्यन्वयन गर्नको लागि आज पनि छलफल भएको थियो ।

जेठ १ गतेबाट मोटरसाईकल तथा अटो सञ्चालनमा पनि रोक लगाईने भएको छ भने बजारमा ग्यास र खाद्यन्न बाहेकका अन्य पसल सञ्चालन गरेको पाईएमा कडा कारबाही गरिने भएको छ । नेपालमा कोरोना संक्रमण बढेको अझ मकवानपुरसँग नजिक रहेको बारा तथा पर्सामा संक्रमणको गति बढिरहेको सन्र्दभमा मकवानपुरमा कोरोना संक्रमणबाट बच्नको लागि यस्तो तयारी गरिएको हो ।

पछिल्लो केहिदिनबाट मकवानपुरको हेटौँडामा कोरोना संक्रमणको कारण लागु गरिएको लकडाउन निकै फितलो भएपछि प्रशासनले जेठ १ गतेबाट कडा नीति अख्तियारी गर्ने भएको हो । आजबाट माछामासु तथा एकिकृत तरकारी बजार समेत बन्द गरिने भएको छ । मेडिकल तथा पशुपन्छी तथा कृषिऔषधीजन्य पसलहरु सञ्चालन हुनेछन् । बैंकको हकमा भने विहान १० बजेबाट ३ बजेसम्म खुल्ला हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*