हेटौँडाको आइसोलेसन वार्डमा रहेका ४१ जनाको पिसिआर रिर्पोट नेगेटिभ

हेटौँडा,५,जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको कोरोना आइसोलेसन वार्डमा रहेका ४१ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

रिर्पोट आएकाहरुमध्ये भारताबाट आएका १४ जना मकवानपुरेहरु पनि रहेका छन् । ति १४ जना थाहा नगरपालिका, भीमफेदी गाउँपालिका तथा कैलाश गाउँपालिकाका तथा हेटौँडा उपमहानगरपालिकाका थिए ।

थाहा नगरपालिका निवासीे संक्रमित बालकसँग सम्पर्कमा रहेका भनिएकाको पनि रिर्पोट नेगेटिभ आएको छ । थाहा नगरपालिकाका ७ वर्षका बालकलाई काठमाण्डौँमा कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्क भएको आशंकामा उक्त क्षृेत्रबाट ११ जनालाई हेटौँडाको आइसोलेसन वार्डमा ल्याईएको थियो । त्यसैगरी बकैया गाउँपालिकाका एकजनाको पनि रिर्पोट नेगेटिभ आएको आइसोलेसन वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*