ड्रिम्स स्क्वड ग्रुपले दियो अनाथ आश्रमलाई खाद्यान्न तथा खेलकुद सामाग्रि

जेठ ६,हेटौंडा । केरोना भाइरस (कोभिड १९) का कारण जारी लकडाउनमा अनाथालयमा खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुको अभाव नहोस भन्ने उद्देश्यले ड्रिम्स स्क्वड ग्रुपले खाद्यान्न बितरण गरेको छ । आज हेटौंडा–११ डाङ्डुङ्गेमा रहेको मामा घर नेपाल अनाथ आश्रममा खाद्यान्न तथा खेलकुद सामाग्रि बितरण गरिएको हो ।

ग्रुपका अभियान्ता बालकृष्ण दाहालले यस विपदको घडीमा आश्रममा आश्रित असाय,अनाथ बालबालिका भोको बस्न नपरोस भन्ने उद्देश्यले सबै मेम्बरहरु मिलेर स्वच्छिक रुपमा रकम संकलन गरि लगभग ४० हजार बराबारको सामाग्रि हस्तान्तरण गरेको बताए । ग्रुपले मामा घर नेपाल आश्रममा १०० किला चामल, ३० लिटर तेल, १५ केजी दाल, ५० केजी आलु, १० दर्जन साबुन, २० केजी प्याज, , ४० केजी चिउरा, २० प्याकेट दालमोठ, ८ कार्टुन चाउचाउ, १६ कार्टुन बिस्कुट, ४ केजी चना, ट्याङ्क ५ प्याकेट,४० केजी चिनी,१० प्याकेट फुरनदाना साथै खेल्नको लागि व्याडमिन्टन २ सेट ,लुडो,चेस,स्किपिङ २÷२ सेट र २ थान फुटबल,सहयोग गरेको छ । आश्रममा हाल २१ जना अनाथ बालबालिकाहरु रहेका छन । यो विपदको घडीमा सहयोग गरिदिएकोमा आश्रम परिवारले धन्यबाद व्यक्त गरेको छ ।

बिशुद्ध सामाजिक कार्य गर्न स्थापित यस ग्रुपले १ लाख ५० हजार संकलन गरेको र लकडाउनका कारण खाद्यान्न समस्या भएका विपन्न,असाय,अशक्त परिवार वा आश्रमलाई फेरी छिट्टै सहयोग गर्ने अर्का अभियान्ता दिपिका अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*