हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ६६ जनाको स्वाब परिक्षण

जेष्ठ १०,हेटौंडा । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलीएको समयमा हेटौंडा अस्पतालका डाक्टर, नर्ष, अनमी, अहेव, ल्यावका प्राविधिक, कर्मचारी सहित ६६ जनाको कोरोना भाइरस परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।

कोरोना देखिएपछी दैनिक २ सय भन्दा वढी विरामीको उपचार गर्दै आएका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो । सवैको रिपोर्ट आजै अउन सक्ने वताइएको छ ।

मकवानपुरको हेटौँडा अस्पतालमा ६ दिन अगाडी रिफर भएकी बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले हेटौँडा अस्पतालमा आकस्मीक बैठक आज वसेको छ । अस्पतालमा केहि दिन अघि आएकी बिरामीको कोरोना पुष्टि भएपछि अबको अवस्थालाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल भएको को लागि बैठक सुरु भएको हो ।

हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा जारी बैठकले अस्पतालमा ति बिरामीसँग नियमित सम्पर्कमा रहेको करिब २० जना डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने निर्णय गर्ने हेटौँडा अस्पताल कोरोना युनिटका प्रमुख डाक्टर हरि खड्काले वताउनुभयो ।

बिरामीसँग नियमित सम्पर्कमा रहेका डाक्टर, ल्याबमा रहेका प्राविधिक, एक्सरे गर्ने प्राविधिक, नर्स सहितका २० जना कर्मचारीलाई आइसोलेसनमा राख्ने बताईएको छ ।

अस्पतालले अहिलेसम्म १ सय ५० कर्मचारी मध्ये ६६ जनाको स्वाब कलेक्सन गरेर टेष्ट गर्नको लागि पठाईसकेको र बाँकीको आजै स्वाब परिक्षणको लागि पठाउने डाक्टर खड्काले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*