हेटौंडाको कोरोना संक्रमित महिलालाई जाँच्ने दुई डाक्टर सेल्फ क्वारेन्टाइनमा

जेष्ठ १०, हेटौंडा । हेटौंडा ४ की कोरोना संक्रमित महिला उपचारको लागि हेटौंडा अस्पताल गएकी थिइन् । उपचारको क्रममा हेटौंडा अस्पताल पुगेकी उनलाई मेडिकल सुपरिटेण्डेन्ट डा प्रवीण श्रेष्ठ र कमल दवाडीले परिक्षण गरेका थिए ।

कोरोना संक्रमितको सम्पर्कमा आएका यी दुबै डाक्टरलाई अहिले सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरुको पनि स्वाब संकलन गरिएको छ भने रिपोर्ट आउन बाँकी छ ।

ती कोरोना संक्रमित महिला हेटौंडा अस्पतालको ज्वरो क्लिनिकमा समेत गएकी थिइन् ।

कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा खटिएकाहरुले ती महिलाको परिवार सम्पर्कमा नआएपछि हेटौंडा अस्पतालबाहेक अन्यत्र कन्टयाक ट्रेसिङको काम गर्न समस्या परेको छ ।

हेटौंडा अस्पताल समितिका अध्यक्ष प्रकाश पौडेलले सेल्फ क्वारेन्टाइनमा दुई जना डाक्टरसहित ल्याबमा कार्यरत कर्मचारी, भिडियो एक्सरे गर्ने कर्मचारी सबैलाई राखिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*