लकडाउनकाबीच सुरक्षित गर्भपतन सेवा लिने बढे

असार ६,हेटौंडा । कोराना भाइरसको महामारी र सरकारले गरेको लकडाउनकाबीच सुरक्षित गर्भपतन सेवा लिने महिलाको संख्यामा वृद्धि भएको छ । विभिन्न सरकारी तथा गैरसरकारी अध्ययनबाट सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सेवा लिनेहरु बढेको पत्ता लागेको सोही क्षेत्रमा कार्यरत संस्था ओचण्ड मकवानपुरले जनाएको छ । शुक्रबार मकवानपुरका सञ्चारकर्मीहरुसँग गरिएको अभिमुखीकरण कार्यक्रममा ओचिण्ड मकवानपुरकी कार्यक्रम संयोजक सुप्रिमा सापकोटाले ३ आर्थिक वर्षमा मकवानपुरका मान्यताप्राप्त १० वटा स्वास्थ्य संस्थामा तीन वर्षको अवधिमा सुरक्षित गर्भपतनको अवस्थाबारे तथ्यांक प्रस्तुत गरेकी थिइन् ।

मकवानपुरमा आर्थिक वर्ष २०७६/७७ को बैशाखसम्ममा ९ सय ७५ जनाले सेवा लिएको सापकोटाले बताइन् । चैतयता भएको लकडाउनको अवधिमा अनिश्चित गर्भ बसेकाहरुको निजी स्वास्थ्य संस्थासंग पहुच नपुगेको र सरकारी स्वास्थ्य संस्थासंग बढी विश्वास भएको कारण पनि सुरक्षित गर्भपतन सेवा लिने बढेको उनले बताइन । ओचिण्डका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ९९ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा २०७४/०७५ मा भने ८ सय ८९ जनाले सेवा लिएको जनाइएको छ ।

मकवानपुरको ६ वटा स्थानिय तहलाई कार्यक्षेत्र बनाई ओचिण्डले दुई बर्षअघि आइपास नेपालसंगको सहकार्यमा सुरु गरेको सुरक्षित गर्भपतन सम्बन्धि सचेतनामुलक कार्यक्रम अन्तर्गत हाल सम्म एकसय ४ वटा सामुदायिकस्तरीय जनचेतनामुलक कार्यक्रम,२६ वटा स्कुल स्वास्थ्य कार्यक्रम,१७ वटा पालिकास्तरीय अन्तरक्रिया,७ वटा सडक नाटक लगायतका कार्यक्रम गरेको जनाइएको छ । ओचिण्डको कार्यक्रमबाट हालसम्म ५ हजार जनाभन्दा बढी जनसंख्या लाभान्वित भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*