सुस्मिताको हत्यारा सार्वजनिक , ससुराले गरेका थिए बलात्कारको प्रयास

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ सुर्यचोककी सुस्मिता क्षेत्री थापाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो । हत्यामा संलग्न रहेको भन्दै उनको ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा, जेठि नन्द दुर्गा कार्की,कान्छी नन्द सिता थापालाई सार्वजनिक गरेको हो ।

गत असार १ गते हत्या गरिएकी सुस्मिताको हत्याको अभियोगमा यसअघि प्रहरीले उनीहरुको परिवारको सदस्यलाई पक्राउ गरेको थियो । अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरीले २०७६ साल असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मृतक सुस्मीताको श्रीमान रुपेन्द्रको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको र मृत्युपछि बुहारीलाई उसकै कारण मृत्यु भएको भन्दै आरोप लगाउने काम भएको बताएको छ ।

यस्तै प्रहरीले ससुरा प्रकाश थापाले मृतक सुस्मीता क्षेत्री थापालाई बाथरुममा जबर्जस्ती करणीको उद्योग गरेको , मृतक सुस्मिताको श्रीमान रुपेन्द्रको सबारी दुर्घटनाको मृत्यु पश्चात पाउने क्षतिपुर्तीबापतको रकम पाँच लाख सुस्मिताले प्राप्त गरेको र घर पक्षले हामीले पाउनुपर्छ भनेर विवाद सृजना गरेको ,स्वर्गीय रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने विमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको विवादको कारण हालसम्म प्राप्त नगरेको , सामजिक सुरक्षा कोषबाट २०७६ कार्तिकबाट २०७७ बैशाखसम्म मासिक १७ हजार १ सयको दरले सुस्मीतालाई पैसा आएको तर त्यो रकममा पनि परिवारको दाबी रहेको , नेशनल लाईफ इन्सुरेन्सबाट प्राप्त हुने रकम १० लाख रुपैँया प्रकश थापाले लिएको लगायतको विवरण सार्वजनिक गरेको छ ।

यस्तै मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम क्रुर याताना दिई ज्यान मारेको आरोपमा कसुर जिवित रहेसम्म कैद अर्थात जन्मकैद हुने ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*