गैसस मकवानपुरका अध्यक्ष धिताललाई उपचारका लागि काठमाण्डौ लगियो

हेटौंडा । गैरसरकारी संस्था महासंङघ मकवानपुर अध्यक्ष कृष्ण धितालको उपचारका लागि काठमाण्डौ लगिएको छ । भरतपुरमा उपचार संभव नभएपछी काठमाण्डौ रिफर गरिएको हो । आजै हेलीकोप्टर मार्फत काठमाण्डौ लगिएको हो । धितालकी श्रीमती प्रभा गौतम धिताल र अनुजको आजै देउघाटमा दाहसंस्कार गरिने भएको छ । कृष्ण, उहाँका छोरी र चालक राजन घिमिरेलाईै उपचारका लागि काठमाण्डौ लगिएको आफन्तले वताएका छन् । चढेको स्कार्पियो दुर्घटना घाइते उनिसँग अन्य २ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

दुर्घटनामा घाईते ५३ बर्षको कृष्ण धितालको चितवन स्थिति पुरानो मेडिकल कलेजमा उपचार संभव नभएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं बासबारीमा रहेको गंगालाल राष्ट्रिय हृदय केन्द्र लगिएको हो। धितालको दुवै खुट्टा भाचिएको र मुटुमा समस्या देखिएपछि काठमाडौं लगिएको चितवन प्रहरीले जनाएको छ। उनि सहित छोरी २७ की बर्षा धिताल र स्कारपियो चालक ४५ बर्षीय राजन घिमिरेलाई पनि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ।

सोमबार साँझ चितवन भरतपुर १९ सत्र किलोस्थित नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको धिताल परिवार सवार बा१३च ५९२९ नम्बरको स्कार्पियो र बिपरित दिसाबाट गइरहेको नम्बरको एनएल ०१क्यु५१०६ ग्यास बुलेट एक आपसमा ठक्कर खादा दुर्घटना भएको थियो। दुर्घटना निजका छोरा २५ को अनुज धितालको उपचारको क्रममा आज बिहान मुत्यु भएको थियो भने धितालकी श्रीमती हेटौडा-५ बस्ने बर्ष ४८ की प्रभा गौतमको सोमबार उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*