भारतबाट सलहका थप झुण्ड आउँदै, सचेत रहन विज्ञको आग्रह

काठमाडौँ – वायुको गति परिवर्तन भएकाले भारतबाट नेपालमा सलहका थप झुण्डहरु आउँदै गरेको थाहा भएको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जानकारी दिएको छ ।

अहिले सलहका झुण्डहरु भारतको भागलपुर तथा मोतीहारी क्षेत्रमा रहेको र एउटा झुण्ड कुशिनगरबाट चम्पारण जिल्ला तर्फ उडेको जानकारी प्राप्त भएको केन्द्रले जनाएको छ । सो सलहको झुण्ड नेपाल हुँदै दार्जिलिङ्ग र सिलिगुडीसम्म पुग्ने पूर्वानुमान रहेको छ ।

नेपालमा अहिले अरेबियन सागरबाट बहने पश्चिमरदक्षिण–पश्चिमी मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै सतहमा पूर्वीरदक्षिण–पूर्वी वायुको प्रभाव छ । अबको तीन दिन देशभरी सोही वायुको प्रभाव हुने मौसम विज्ञान विभागले पूर्वानुमान रहेको छ ।

यो अवस्थामा भारतका सीमावर्ती क्षेत्रमा सलहका झुण्डहरु हावाको बहावसँगै पूर्वबाट पश्चिमतर्फ आउन सक्ने सम्भावना प्रवल रहेको केन्द्रले उल्लेख गरेको छ ।

सलहको झुण्ड तराई, भित्रिमधेश तथा तल्लो पहाडी क्षेत्रका किसानलाई सजग रहन केन्द्रले आग्रह गरेको छ ।

अहिलेसम्म नेपालका विभिन्न झुण्डमा गरी नेपालका झण्डै ५० जिल्लामा ३६ लाखको हाराहारीमा सलह फैलिएका बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*