प्रदेश सरकारले नगरे ब्यक्तिगत खर्चमै भएपनि परेवाभिरबाट बाटो बनाउछु – इन्द्र बानीया

हेटौँडा । नेपाली कांग्रेसका जिल्ला सभापति तथा बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानीयाले परेवाभीरबाट जसरी भएपनि बाटो निर्माण गरिछाड्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता वानीयाले आफ्नो बयक्तिगत खर्चमा भएपनि परेवाभिरबाट बाटो निर्माण गरिछाडने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेता बानीयाले परेवाभिरको विकल्प परेवाभिरनै भएको भन्दै परेवाभिरको बाटो बनाउनको लागि प्रदेश सरकारसँग पहल गर्ने, यदि सकिएन भने ब्यक्तिगत खर्चमा भएपनि बाटो निर्माण गरिछाडने बताए ।

परेवाभिरको सडक नबन्दा जनता मारमा परेको भन्दै उनले परेवाभिरबाट बाटो आफ्नो कार्यकालमानै सक्ने उनको भनाई रहेको छ ।परेवाभिर निर्माण गर्न कुनैपनि राजनीतिक प्रभावले नरोकिने भन्दै उनले परेवाभिप्रति अर्जुन दृष्टि रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*