कर्रा आईसोलेसन वार्डबाट हालसम्म २६ संक्रमित कोरोना मुक्त

हेटौंडा । मकवानपुरको हेटौंडामा रहेको कर्रा आईसोलेसन वार्डबाट हालसम्म २६ जना संक्रमित कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ स्थायी ठेगना भएका कोरोना संक्रमित व्यक्तिमा पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज गरिए संगै संक्रमण मुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको हो ।

कर्रा आईसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाई अनुसार अब आईसोलेसन वार्डमा सक्रिय संक्रमितको संख्या ५ रहेको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*