पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – पर्साबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार राति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिए।

संक्रमित देखिएका मध्ये पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव समेत रहेका छन्।

यादवले आफू पनि कोरोना पोजेटिभ भएको आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन्।

यादवले लेखेका छन् ,मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। अफूलाई आइसुलेट गरेर अहिले आराममा छु। सांसद यादवसहित उनका चालक र अङ्गरक्षकमा समेत कोरोना पुष्टि भएको छ।

सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए। सांसद यादवले यसअघि केही महिनाअघि दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटि आएको थियो।

संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन्। ३ महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जनामा संक्रमण देखिएको मेसु उपाध्यायले बताए।

शुक्रबार राति देखिएका अधिकांश संक्रमितहरु वीरगञ्ज महानगरकै रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*