हेटौंडामा हिजो र आजमा थपिए ५ संक्रमित , ब्युटि पार्लर, सैलुन, होटल तथा रेष्टुरेन्ट खोल्न निषेध

हेटौंडा । पछिल्लो समय हेटौंडामा दिनाउँदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । बागमती प्रदेशको राजधानी समते रहेको मकवानपुरमा हिजो मंगलबार ३ जना र आज बिहान २ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबार थप हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १० का एक पुरुष र एक महिला थिए भने १ जना उत्तरी थाहा नगरपालिकामा क्वारेन्टिमा बसेका एक २० वर्षीय पुरुष रहेका थिए ।

आज पुष्टि हुनेमा हेटौंडा उपमहानरपालिका वडा नंबर ९ की एक ४६ वर्षीया महिला र मकवानपुर गढी गाउँपालिका वडा नंबर ५ का ७० वर्षीय पुरुष रहेका छन् । उनिहरुलाई हेटौंडा स्थित कर्रा आईसोलेसन वार्डमा ल्याउने तयारी भईरहेको छ ।

यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेहरुको संख्या ५१ पुगेको जन स्वास्थ्य निरीक्षक हेटौंडाका भोलाप्रसाद चौलागाईले जानकारी दिए । यसैबिच कोरोना संक्रमणमा बृद्धि भएसँगै मकवानपुरमा आजबाट ब्युटि पार्लर सहित सैलुन, होटल तथा रेष्टुरेन्ट खोल्न निषेध गरिने भएको छ । आज हेटौंडामा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो ।

यसैबिच आज हेटौंडा उपमहानगरपालिका वडा नंबर १० को सिता भवनलाई शिल गरिएको छ । हिजोमात्र उक्त क्षेत्रको दुईजनामा कोरोना संक्रमण देखिएपछि आज उक्त भवन शिल गरिएको हो । आज हेटौंडामा बसेको कमाण्ड पोष्टको बैठकले उक्त क्षेत्र शिल गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*