देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। देशका १४ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरिएको छ। ६ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ।

सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभरका निषेधाज्ञा जारी गरिएको छ। सप्तरीमा साउन २० देखि साउन २६ गतेसम्म र बाँकेमा साउन २० देखि साउन २४ गतेसम्म लागु गरिएको छ।

पर्सामा साउन १९, सर्लाहीमा साउन २१ र बारामा १८ गतेदेखि लागु गरिएको निषेधाज्ञा अनिश्चित कालका लागि छ। स्याङ्जामा साउन १३ गतेदेखि लागु गरिएको निषेधाज्ञा कम्तिमा साउन २३ गतेसम्म लागु हुने छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका र श्रीरेश्वरनाथ नगरपालिकामा लागु गरिएको निषेधाज्ञा साउन २५ गतेसम्म लागु हुने छ। नुवाकोटको पूर्वमा बोहोरे भन्ज्याङ, पश्चिम नयाँ चौतारा, उत्तर बागेश्वरी भन्ज्याङ र दक्षिण पोखरी डाँडाभित्रको क्षेत्रमा अर्को आदेश नहुँदासम्मका लागि निषेधाज्ञा लागु गरिएको छ।

मोरङको विराटनगर महानगरपालिकामा साउन ३० गतेसम्मका लागि, झापाको विर्तामोड नगरपालिकामा अर्को आदेश नहुँदासम्म र अर्जुनधारा नगरपालिका क्षेत्रमा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, ७ र ८ क्षेत्रमा पनि अर्को आदेश नहुँदासम्मका लागि निषेधाज्ञा लागु गरिएको छ। महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका क्षेत्रमा लागु गरिएको निषेधाज्ञा बुधबार सकिँदै छ।

बझाङको थलारा गाउँपालिका(५ र केदारस्युँ गाउँपालिका ६ र ७ क्षेत्रमा साउन ३२ गतेसम्म र दार्चुलाको मार्मा गाउँपालिका क्षेत्रमा साउन ११७ गते अर्को आदेश नहुँदासम्म निषेधाज्ञा लागु गरिएको थियो।

सरकारले साउन ६ गते मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेपनि पछिल्लो समय निषेधाज्ञा लागु गर्ने क्रम बढ्दो छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*