हेटौंडामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा । मकवानपुरका थप तीन जनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाको किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा दुइजना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुइजना हेटौंडाका पुरुष र एक जना मकवानपुर गढीका महिलामा संक्रमण देखापरेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

परिक्षणका क्रममा आज हेटौंडा–६ हात्तिलेटका ५१ वर्षिय पुरुष र हेटौंडा–१७ का २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उहाँले वताउनुभयो ।

त्यसैगरी मकवानपुर गढी गाउँपालिका वडा नम्बर–३ स्थायी घर भएकी जितपुर सिमरा उपनगरपालिकामा कार्यरत २६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनाुभयो । सिमरा उपमहानगरपालिकामा कार्यरत भएपनि धेरैजसो गढीबाटनै कार्यालय ओहोर दोहोर गर्दै आउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*