सुनको भाउ प्रतितोला १ लाख २५ सय पुग्यो

काठमाडौँ । सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । बुधबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ११ सय रुपैयाँले बढेर १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ११ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि आज बुधबार प्रति तोला ५० रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १२ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ८८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८७ हजार ४५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १५३ रुपैयाँ कायम गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*