क्याप्टेन विजय लामालाई कोरोना पुष्टि

काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले कोरोना परीक्षणका लागि आइतबार स्वाब दिएका थिए ।

नेपाल एयरलाइन्स स्रोतका अनुसार आइतबार लामाको रिर्पोट पोजेटिभ आएको हो । कोरोना देखिएपछि अहिले उनी काठमाडौंको सोल्टी होटेलमा आइसोलेसनमा छन् ।

यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेन उदय कोल्हात्करसमेत पनि संक्रमित रहेको र दुवै सोल्टी होटलको आइसोलेसनमा रहेको जनाइएको छ ।

उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टी होटलको क्वारेन्टिनमा राख्दै आएको छ ।

क्याप्टेन लामा दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*