मकवानपुरमा मंगलबार १६ संक्रमित थपिए

हेटौंडा । मकवानपुरमा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार मकवानपुरमा संक्रमण पुष्टि भएका १६ जनामा हेटौंडाका १५ जना रहेका छन् भने एक जना मनहरी गाउँपालिकाका रहेका छन् । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ का एक महिनाको शिशुलाई समेत संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले  बताए ।

यसअघि सोमबार मकवानपुरका ७१ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*